Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जुवा र मिटरव्याजको अबैध रकम असुल्न दोहोरी संचालकद्वारा काठमाडौं प्रहरीमा जाहेरी !

    जुवा र मिटरव्याजको अबैध रकम असुल्न दोहोरी संचालकद्वारा काठमाडौं प्रहरीमा जाहेरी !

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 3.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजीलाई कारबाही गर्न निर्देशन दिएपछि गृहमन्त्रालयले सहसचिव डा. भिष्म भुषालको नेतृत्वमा उच्चस्तरिय कार्यदल गठन गरी पीडितहरुलाई जाहेरी दिन आग्रह गर्दै आएको छ।

    कार्यादल गठन भएपछि मिटरव्याजका धेरै पीडितहरुले उजुरी दिएका छन् । जुन छानविनकै क्रममा छ। यता, प्रहरीकै संरक्षणमा एक दोहोरी सन्चालकले भने जुवाको अबैध रकम असुल्न जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन्।



    जमलस्थित दरबार रोधी घरका सञ्चालक अशोक गिरी जुवाडेलाई मिटरब्याजमा लगाउने धन्दामा सक्रिय रहँदै आएका छन् । गत बर्ष स्वयम्भु र बौद्दको जुवा खालबाट गिरी पक्राउ परेका थिए। जुन प्रहरीकै रेकर्डमा उल्लेख छ। तर, गिरी गत शुक्रबार आँफै पीडित बनेर जिल्ला प्रहरी परिसर काठमाडौंमा जुवाको रकम उठाउन चेक बाउन्समा उजुरी दिन पुगेका छन्।



    गत बर्ष दरबार रोधी घरको माथिल्लो तल्लामा मदिरा सेवन गराई जुवा खेलाएर आफुलाई अशोक गिरी र जुवाडे राजु लामा मिलेर तीस  लाखको चेक कटाएको महाराजगन्जका दिलीप  लामाले  वताउँदै आएका छन्।

    लामाका अनुसार पैसावाला जग्गा ब्यापारी र जुवाडेलाई निमन्त्रण दिएर खेल्न बोलाउने र मदिरामा लठ्ठ बनाएर आफैले चेकमा रकम उल्लेख गरी प्रहरीको आडमा मिटब्याजमा रकम असुल्ने गिरीको धन्दा नै रहेछ ।

    गिरीले भने प्रहरी कारवाही र मिटरव्याजको धन्दाबाट बच्न जग्गामा पैसा लगानी गरेको वताउने गरेका छन्।   गिरी र आफुबीच राजु लामाले चिनजान गराइदिएको र एक दिन मात्र चिनजान भएको व्यक्तिसँग कसरी जग्गाको काम गरेको प्रमाण हुन्छ? लामाको प्रश्न छ । गिरीले जग्गामा लगानी गरेको कुनै कागज र तमसुक देखाउन सकेका छैनन।

    गिरीले परिसरमा उजुरी दिएपछि लामालगायतका आधा दर्जन गिरी पीडितहरुले गृह मन्त्रालयमा उजुरी दिन लागेको लामाले वताए।

    गिरीले पीडित बनाएका लामाले भने, ‘मैले राजु लामालाई दिएको चेकमा गिरीले आफ्नो नाम र रमेश धमलाको नाम उल्लेख गरी  रकम भरेर चेक काटी बाउन्स गरेको रहेछ। जुवामा खेलेको दोब्बर पैसा दिइसके। तर, कहिले केरकारको नाम लिएर गिरीको दोहोरी कार्यालयबाट फोन आउँछ त कहिले चेक बाउन्स गर्दिन्छु, केस हाल्ल्छु  भन्दै गिरीले धम्की दिने गरेको छ।’

    गिरीले लामा लगायतबाट  रकम असुल्न धादिङका रमेश धमला ,जुवाडे राजु लामा र आफ्नो नाममा चेक काट्न लगाएर  धन्दा चलाउँदै आएको लामा बताउँछन्।

    कांग्रेस निकट धमला पनि स्वयम्भुको जुवा खालबाट पक्राउ परेका थिए। धमला र गिरीबीच मिटरव्याजमा कारोबार हुने गरेको एउटै व्यक्तिबाट उनीहरुले लिएको चेकबाट पनि पुष्टि हुन्छ। गत शुक्रबार मात्र परिसरको नाम लिँदै प्रहरीको फोन आएको लामा  वताउँछन् ।

    गिरीले परिसरका तत्कालिन एसएसपी अशोक सिंहलगायतका उच्च अधिकारीहरुको नाम बेच्दै मिटरव्याजमा रकम दिएकाहरुलाई धम्क्याउने गरेको अर्का एक व्यबसायी वताउँछन्।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)  रबिन्द्र बहादुर धानुकले भने प्रहरीले असली पीडितबाट आएका चेक बाउन्सको उजुरी हेरेर कानुनी प्रक्रियामा पठाउने गर्दै आएको वताए।

    तर, जुवा र मिटरव्याजका उजुरी हेरी अबैध रकम असुलीमा सघाउन लागेको पत्ता लागेमा त्यस्ता प्रहरीलाई  भने कारवाही गर्ने एआईजी  धानुकले चेतावनी दिएका छन्।

    गिरीको चेक बाउन्स धन्दाको बारेमा जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख एसएसपी भरत बोहरासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार