Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तेह्रथुममा नयाँ सिडिओ पठाइयो

    सहसचिव र उपसचिवको सरुवा : कारागार विभाग र अध्यागमन प्रमुख फेरिए

    सहसचिव र उपसचिवको सरुवा : कारागार विभाग र अध्यागमन प्रमुख फेरिए

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 909
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले केही सहसचिव र उपसचिवको सरुवा गरेको छ । आइतबार गृहमन्त्री स्तरीय निर्णयबाट उनीहरुलाई सरुवा गरिएको हो ।

    सरुवा सूचीअनुसार गृह मन्त्रालयमा कार्यरत सहसचिव चक्रपाणि पाण्डे कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा भएका छन् ।



    यस्तै विभागको महानिर्देशक रहेका वासुदेव घिमिरेलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा सरुवा गरिएको छ ।



    अध्यागमन प्रमुख रहेका पुष्पराज शाही वैदेशिक अध्ययनमा जान लागेकाले उनलाई त्यहाँबाट सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी तेह्रथुमका सिडिओ पनि फेरिएका छन् । जहाँ उपसचिव मोहनप्रसाद अर्याललाई नयाँ सिडिओको रुपमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार