Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चुडामणी भट्ट प्रदेशसभा सदस्यका लागि कैलाली ५ (ख) बाट सिफारिस, को हुन् भट्ट ?

    चुडामणी भट्ट प्रदेशसभा सदस्यका लागि कैलाली ५ (ख) बाट सिफारिस, को हुन् भट्ट ?

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 2.1K
    SHARES

    कैलाली । नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ५ को (ख) बाट प्रदेशसभा सदस्यका लागि चुडामणी भट्टको नाम सिफारिस गरेको छ । नेकपा एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले अनेरास्ववियु कैलाली जिल्लाका लोकप्रिय विद्यार्थी नेता भट्टलाई प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो ।

    २०७३ सालको स्वतन्त्र विद्यार्थी युनियनको को निर्वाचनमा सुदूरपश्चिमकै शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसमा लोकप्रिय मतका साथ सभापतिमा विजयी भएका चुडामणी भट्ट अनेरास्ववियु कैलाली जिल्लाका लोकप्रिय विद्यार्थी नेता हुन् । वैचारिक र सैद्धान्तिक रूपमा प्रस्ट आफ्ना विचार राख्न सक्ने अन्यायको विरुद्धमा बुलन्द आवाज उठाउन सक्ने राजनैतिक र कूटनीतिक रूपमा सुज बुझ तरिकाले निर्णय लिन सक्ने युवा नेताका रूपमा चिनिन्छन् ।



    छोटो समयमा धेरै युवाहरूका आदर्श जनताका भरोसाका पात्र बनेका भट्ट सानै उमेरदेखि अनेरास्ववियु को राजनीतिमा कुशल नेतृत्वकर्ताका रूपमा उदाएका छन् । उनले नेतृत्व गरेका हरेक ठाउँमा कुशलता पूर्वक भूमिका निर्वाह गरेको देखिन्छ । पञ्चोदय मा.वि धनगढीको प्रारम्भिक कमिटी देखि कैलाली बहुमुखी क्याम्पस कमिटी अध्यक्ष हुँदै दुई कार्यकाल कैलाली जिल्ला कमिटीको सफल अध्यक्षको रेकर्ड राखेर काम गरिसके पछि अहिले सङ्गठनको केन्द्रदेखि पार्टीको जिल्लाको नेतृत्व सम्हाली रहेका छन् ।



    भट्टले राजनीतिक शास्त्रमा डिग्री गरेका छन् । भट्ट यति बेला मङ्सिर ४ गते हुन गइरहेको प्रदेश र संघको निर्वाचनमा अत्यन्त चासोको रूपमा हेरिएको कैलाली क्षेत्र नं ५ मा भट्टले प्रदेशसभा ख (२) मा आफ्नो उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा शालीन र बौद्धिक ऊर्जावान् युवा नेताको छवि बनाएका, पार्टीको नेतृत्वले पनि अत्यन्त रुचाइएका पात्र भट्टको उम्मेदवारी अन्य दलका ठूला नेताहरूलाई पनि अप्ठ्यारो हुने देखिएको छ ।

    यो निर्वाचनमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। चुडामणी भट्टले टिकट पाएको खण्डमा गठबन्धन दलबाट जसले टिकट पाउदापनी मुस्किल रहेको बताइन्छ । एमालेबाट उम्मेदवारी दिएका अन्य उम्मेदवार भन्दा जनता माझ प्रभाव पार्न सक्ने बलियो उम्मेदवारका रूपमा भट्टलाई हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार