Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • बेलायतले आज नयाँ प्रधानमन्त्री पाउदै

    बेलायतले आज नयाँ प्रधानमन्त्री पाउदै

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 912
    SHARES

    एजेन्सी । बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता छनोट हुँदै छन् । छानिएका नेता देशको नयाँ प्रधानमन्त्री हुनेछन् ।

    प्रधानमन्त्री चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान भएको थियो । प्रधानमन्त्री बन्ने दौडमा विदेशमन्त्री लिज ट्रस र पूर्वअर्थमन्त्री ऋषी सुनक छन् ।



    निर्वाचित भएमा ट्रस मारगेट थ्याचर र थेरेसा मे पछि देशको तेस्रो प्रधानमन्त्री हुनेछिन् । मतदान गर्न योग्य अनुमानित २ लाख टोरी सदस्यहरूबाट हुने नेतृत्व चयनका लागि ४७ वर्षीय ट्रस आफ्ना प्रतिष्प्रर्धी ४२ वर्षीय सुनकभन्दा लगातार अगाडि छिन् ।



    सन् २०१९ को आम निर्वाचनमा वहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद् का ५ दर्जन सदस्यहरुले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य भएका थिए । टोरी सदस्यहरुको सर्वेक्षणमा विदेशमन्त्री ट्रसले स्पष्ट जित हासिल गर्ने देखिएको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।

    ८ साता लामो अभियानपछि शुक्रबार हुलाक तथा अनलाईन भोटिङ सम्पन्न भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार