Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • उकालो लाग्‍न सकेन सेयर बजार, सोमबार ४ अंकले घट्यो परिसूचक

    उकालो लाग्‍न सकेन सेयर बजार, सोमबार ४ अंकले घट्यो परिसूचक

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 816
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । सेयर बजार परिसूचक ४.४९ अकंले घटेको छ ।

    आज ०.२२ प्रतिशतले घटेर १९७३.०१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले घटेर ३८२.९५को बिन्दुमा पुुगेको छ ।



    १३ वटा उपसूचकमध्ये ११ वटा उपसमूहको समूहगत सूचक घटेको छ । उत्पादन तथा प्रसोधन को ०.०४ प्रतिशतले र माइक्रोफानान्स उपसमूहको समूहगत सूचक ०.०६ प्रतिशतले बढेको छ ।



    कारोबार अवधि समयभर २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर किनबेच भएको छ ।

    आज ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार