Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ‘प्रेमगीत ३’ को शीर्ष गीत ‘हर युग होस् प्रेमको’ सार्वजनिक

    ‘प्रेमगीत ३’ को शीर्ष गीत ‘हर युग होस् प्रेमको’ सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 828
    SHARES

    काठमाडौं । गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको चलचित्र ‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस् प्रेमको’ सार्वजनिक भएको छ ।

    नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङ फिचर्ड भएको उक्त गीतमा राजेशकुमार श्रेष्ठको शब्द रहेको छ भने एलिस कार्कीले संगीत दिएका छन् ।



    असोज ७ गतेबाट नेपाल र हिन्दी भाषासहित भारतमा एकसाथ रिलिजको तयारीमा रहेको यो चलचित्रका गीतहरूले पछिल्लो समय दर्शकहरूको राम्रो साथ पाइरहेको छ ।



    हिन्दीमा डब भएको ‘कोइ ना काई नाता हे मेरा तुज्से’ बोलको गीत अहिले पनि जी म्युजिक कम्पनीमा ट्रेन्डिङ नम्बर दुईमा छ । चलचित्रलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् ।

    पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार