Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गाई चिह्न नपाउँदा कमल थापा आक्रोशित, भन्छन् – फैसला दुर्भाग्यपूर्ण

    गाई चिह्न नपाउँदा कमल थापा आक्रोशित, भन्छन् – फैसला दुर्भाग्यपूर्ण

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

    बुधबार सर्वोच्च अदालतले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश दिएपछि थापाले ट्विटरमार्फत यस्तो टिप्पण गरेका हुन् । तर, अदालतको फैसलालाई मान्ने उनको भनाइ छ ।



    मंगलबार सर्वोच्चले गाई चुनाव चिह्न आफ्नो हुनुपर्ने दाबी गर्दै थापा पक्षले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको छ ।



    यस्तो छ थापाको स्ट्याटस :

    अदालतको फैसला शिरोधार्य छ। तर,गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदरगर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ।चुनाव चिन्ह रोज्नपाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो। चलखेल,दवाव र ‘सेटिङ’ ले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला ।

    कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम मा. कुमार रेग्मी र मा।तिलप्रसादको ईजलासले गर्‍यो, यसको जवाफ उहाँहरुले दिनुपर्नेछ।ओठें जवाफ दिन सकिएला,तर उहाँहरुको अन्तर्आत्माले उहाँहरुलाई जीवनभर पोलिरहने छ।

    झण्डामा गाई राख्न पाईने चुनाव चिन्ह बनाउन नपाउने ! निर्वाचन आयोग र अदालतको वाह ! क्या गजबको निर्णय र न्याय१
    अदालत र निर्वाचन आयोगलाई मेरो चुनौती छ-कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छरुदलले आफ्नो चिन्ह रोज्नरपरिवर्तन गर्न कुन कानुनले रोकेको छरुदेखाउनु होस्। जनताले पनि हेरोस्,बुझोस् ।

    अदालतको फैसला मान्नु वाध्यता छ । मान्छु । देशमा एउटा बलियो राष्ट्रवादी हिन्दूवादी शक्ति बन्न नदिन तथा सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउन भैरहेको देशीविदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र अन्तर्गत कै एउटा कडी हो राप्रपा नेपाललाई गाई नदिने निर्णय।

    तर, हामी हतोत्साहित वा विचलित भएका छैनौ। अदालत, संवैधानिक अंग र राज्यव्यवस्थामा रहेका यस्ता विकृतिका पर्खालहरु भत्काएर अझ उच्च मनोबल, दृढता र सक्रियताका साथ अघि बढ्ने छौँ।भ्रष्ट प्रवृत्ति र शक्तिका पुजारीहरुको भण्डाफोर गर्नेछौँ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार