Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले गरे पशुपतिमा पूजा अर्चना

    भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले गरे पशुपतिमा पूजा अर्चना

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 672
    SHARES

    काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे मंगलबार साँझ पशुपतिनाथ मन्दिर पुगेका छन् । चारदिने नेपाल भ्रमणमा आएका पाण्डेले मन्दिरमा करिब १ घण्टा पूजा अर्चना गरेका हुन् ।

    यसअघि मंगलबार नै पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । यसैबीच पाण्डेले आजै बिहान माउन्टेन फ्लाइटसमेत गरेका थिए ।



    यस्तै शिवपुरीको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण तथा तालिम गरिरहेका सैनिक कमान्ड तथा स्टाफ तालिमका प्रशिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए ।



    पाण्डे भोलि बुधवार मुक्तिनाथ जाने र पोखराको नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने तालिका रहेको छ ।पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार