Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • घाँस काट्न गएकी दुई किशोरी मृत फेला

    घाँस काट्न गएकी दुई किशोरी मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 762
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषामा दुई किशोरीको शव फेला परेको छ ।

    प्रहरीका अनुसार नगराईन नगरपालिका ६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको हो ।



    मृत फेला पर्नेमा नगराईन नगरपालिका ७ स्थित डेवडिया बस्ने दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थि हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    मंगलवार दिउँसो दुबै जना घाँस काट्न भन्दै घरबाट निस्किएका थिए । शवको प्रकृति हेर्दा दुबै जना विष सेवन गरेको देखिए पनि घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार