Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • उपमहासचिव शर्माको आक्रोश – म प्रचण्डको आलोचक हुँ, चाकडीले नेतृत्वको रक्षा हुँदैन

    उपमहासचिव शर्माको आक्रोश – म प्रचण्डको आलोचक हुँ, चाकडीले नेतृत्वको रक्षा हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 828
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचक रहेको र आलोचना गरिरहने बताएका छन् ।

    माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा आयोजना गरेको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताउका हुन् ।



    शर्माले भने, ‘चाकडीले नेतृत्वको रक्षा हुँदैन । बरु आलोचनाले नेतृत्वको रक्षा हुन्छ ।’ आफूले गलत कुराको आलोचना गर्ने र सही कुराको समर्थन गर्ने गर्र्दै आएको बताए ।



    उनले भने, ‘नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको आलोचक हुँ, आलोचना गर्छु ।’

    नेतृत्वले गलत कुरा सुन्ने र त्यसैको आधारमा धारणा बनाउन नहुने भन्दै शर्माले विद्यार्थी नेतृत्वलाई पनि त्यसो नगर्न सल्लाह दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार