Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पेट्रोलियम ढुवानी व्यवसायीले फेरि घोषणा गरे आन्दोलनका कार्यक्रम

    पेट्रोलियम ढुवानी व्यवसायीले फेरि घोषणा गरे आन्दोलनका कार्यक्रम

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ढुवानी भाडा वृद्धिको माग गर्दै पटक पटक आन्दोलन गरेको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

    महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्ने बुधवार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।



    महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने निर्णय गरेको छ ।



    ढुवानी भाडा वृद्धिका लागि यसअघि चार पटक आन्दोलन गरिएको र त्यसमा नेपाल आयल निगमले पटक पटक सहमति जनाएर पनि कार्यन्वयन नभए पछि पाँचौं पटक आन्दोलनको घोषणा गर्नुपरेको महासंघको भनाइ छ ।

    महासंघले रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन माग गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार