Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतीय सेनाध्यक्ष पाण्डे भन्छन् – भूतपूर्व सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भ हुन्

    भारतीय सेनाध्यक्ष पाण्डे भन्छन् – भूतपूर्व सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भ हुन्

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 864
    SHARES

    कास्की । भारतीय सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देशबीचको सम्बन्धको आधार स्तम्भका रूपमा रहेको बताएका छन् ।

    नेपाल भ्रमणमा रहेका पाण्डेले आज पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित समारोहलाई सम्बोधन गर्दै भूतपूर्व सैनिकले दुई देशबीचको वर्षौंदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।



    कर्तव्यनिष्ठ र इमानदारी नेपाली भूतपूर्व सैनिकको विशिष्टता रहेको उल्लेख गर्दै उनले भूतपूर्व सैनिकको कल्याणकारी योजनाका लागि भारतीय सेना निरन्तर लागिरहेको बताए । भूतपूर्व सैनिकले प्राप्त गर्ने पेन्सनलगायतका सेवा सुविधालाई पनि भारतीय सेनाले सहज र सरल बनाइरहेको उनले बताए ।



    भारतीय सेनामा ३५ हजार गोर्खा सैनिक सेवारत रहेको र एक लाख २५ हजार भूतपूर्व सैनिक रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार