Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आजदेखि दसैँका नयाँ नोट बजारमा, कहाँ जाने साट्न?

    आजदेखि दसैँका नयाँ नोट बजारमा, कहाँ जाने साट्न?

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबार देखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ ।

    बैंकले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा बाणिज्य र विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध गराउन शुरु गरेको हो ।



    पहिलो दिन ८ वटा वाणिज्य बैंकहरुलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिए ।



    सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् ।

    एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरेको  छ ।

    यस वर्ष पनि बैंकले रु ५, १०, २०, ५० र १०० रुपैयाँका खुजुरा नोटका सुकिला नोट उपलब्ध गराउनेछ ।

    सर्वसाधारणले नयाँ नोट सबै बैंक तथा वित्तीय संस्थासँगै राष्ट्र बैंकका सातै प्रदेशका शाखा कार्यालय तथा काउन्टरहरुबाट साट्न पाउनेछन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार