Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको घोषणा

    सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 825
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए ।

    सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो । कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।



    शुक्रबारदेखि प्रदर्शनमा आउन लागेका नेपाली फिल्मको शो टाइम र बुकिङ बिहीबार दिउँसोसम्म सार्वजनिक नगरेपछि फिल्मकर्मी प्रदर्शकप्रति असन्तुष्ट भएका थिए।



    प्रदर्शकहरूले आफूहरूलाई भारतीय फिल्मको मतियार जसरी व्यवहार गरेकोमा आपत्ति जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार