Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मलेसियामा मृत्युदण्ड सुनाइएका एक नेपालीको सजाय परिवर्तन, अब १२ वर्ष जेल

    मलेसियामा मृत्युदण्ड सुनाइएका एक नेपालीको सजाय परिवर्तन, अब १२ वर्ष जेल

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 897
    SHARES

    काठमाडौँ । वैदेशिक रोजगारीमा मलेसिया पुगेका धनुषाका सुरजदेव साह तेलीको मृत्युदण्ड सजाय परिवर्तन भएको छ ।

    उनी कर्तव्य ज्यान अभियोगमा सन् २०१६ डिसेम्बरमा पक्राउ परेका थिए ।



    मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्षको जेल सजाय कायम गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मृत्युदण्ड सजाय सम्बन्धमा पुनरावेदन पुगेका साहको सजाय बिहीबार परिवर्तन भएको हो ।



    इपो उच्च अदालतले सन् सन् २०२० अगष्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो।

    सो फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा पुत्रजयास्थित पुनरावेदन अदालतले सजाय परिवर्तन गरेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार