Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भारतीय सेनाध्यक्ष मनोज पाण्डे स्वदेश फिर्ता

    भारतीय सेनाध्यक्ष मनोज पाण्डे स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 750
    SHARES

    काठमाडौं । भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे पाँच दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाण्डे आइतबार पाँच दिने नेपाल भ्रमणका लागि नेपाल आएका थिए ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीलगायतले बिहीबार बिदाई गरेका हुन् । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग भेटवार्ता गरे.का थिए ।



    भदौ २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पांडेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् ।



    सोमबार बिहान भद्रकालीस्थित जङ्गी अड्डामा दुई देशका सैनिक प्रमुखबीच भेटवार्ता भएको थियो । प्रधानसेनापति शर्मालाई भेट्नुअघि सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार