Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • उत्तर कोरिया परमाणु हतियार सम्पन्न देश घोषणा

    उत्तर कोरिया परमाणु हतियार सम्पन्न देश घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न देश घोषणा गरेको छ । यसका लागि उत्तर कोरियाले एक कानुन पास गरेको हो ।

    उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएको खबरमा उल्लेख छ । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले यो घोषणामा कुनै परिवर्तन नहुने बताएका छन् ।



    उनले यसबारेमा कुनै पनि स्तरको वार्ताको सम्भावना नहुने पनि बताए । यस कानुनका अनुसार उत्तर कोरियालाई आफ्नो रक्षाका लागि परमाणु हतियार प्रयोग गर्ने अधिकार हुनेछ ।



    विभिन्न प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ र २०१७ को बीचमा ६ परमाणु परीक्षण गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को कैयौँ प्रस्तावको बाबजुद उत्तर कोरियाले आफ्नो सैन्य क्षमता बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार