Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा

    उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 846
    SHARES

    फाइल फोटो

    एजेन्सी । उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ ।

    प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानून पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।



    देशका नेता किम जोङ-उनले निर्णयलाई ‘अपरिवर्तनीय’ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरे ।



    प्रतिबन्धहरूको बावजुद प्योङयाङले सन् २००६ देखि सन् २०१७ को अवधिमा ६ वटा परमाणु परीक्षण गरेको छ ।

    उसले आफ्नो सैन्य क्षमतालाई अगाडि बढाउन जारी राखेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्दै उसले बारम्बार आफ्ना छिमेकीहरूलाई आणविक धम्की दिँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार