Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • आइतबार बिहान फेरि बस्ने

    सिट बाँडफाँट : ‘निर्णायक’ भनिएको गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन

    सिट बाँडफाँट : ‘निर्णायक’ भनिएको गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आउँदो निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन भएको छ ।

    शनिबार बालुवाटारमा सिट बाँडफाँटका लागि बनेको कार्यदलका नेताहरूलाई राखेर गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका थिए । तर पनि सिट संख्या टुंगो लगाउन असफल भएका छन् ।



    बैठकमा कुनै सहमति नजुटी बैठक सकिएको हो । बैठक भोलि बिहान ८ बजे पुनः बस्नेछ । आजको बैठकमा उपन्द्र यादव उपस्थित भएका थिएनन् ।

    कार्यदलले यसअघि नै प्रतिवेदन बुझाइसकेको छ। तर, प्रतिवेदनमा सबै सहमति नजुटेकाले त्यसलाई अन्तिम रूप दिन शीर्ष नेताहरू नै अघि सर्नुपर्ने अवस्था आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार