Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बुटवलबाट सम्पर्कविहीन भएका तीन विद्यार्थी मुम्बईमा फेला

    बुटवलबाट सम्पर्कविहीन भएका तीन विद्यार्थी मुम्बईमा फेला

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 966
    SHARES

    बुटवल । रुपन्देहीको बुटवलबाट शुक्रबारदेखि सम्पर्कविहीन भएका तीन विद्यार्थी भारतको मुम्बईमा भेटिएका छन् ।

    घरबाट विद्यालय जान हिँडेका बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत नपुगी सम्पर्कविहीन भएका थिए ।



    शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु भएको खोज कार्यमा प्रहरीको संलग्नताले बालकहरू भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए ।



    इलाका प्रहरी कार्यालय बुटवलले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको प्रतिक्रिया बताए । डीएसपी ठग बहादुर केसीले बेपत्ता बालकमध्ये एक जनाको अभिभावकसमक्ष पुगेको र बालकहरू सुरक्षित रहेको खबर आएको बताए ।

    ‘अन्य २ बालकका अभिभावक जाँदै हुनुहुन्छ । त्यसपछि थप अनुसन्धान सुरु हुन्छ,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार