Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नवौं खेलकुद क्रिकेट : बागमती र एनआरएनएको खेल रद्द

    नवौं खेलकुद क्रिकेट : बागमती र एनआरएनएको खेल रद्द

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौँ । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गतको एनआरएनए स्पोर्टस एकेडेमी र बागमती प्रदेश बीचको खेल रद्द भएको छ ।

    आज आइतबार तय भएको खेल मूलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो।



    एनआरएनएले पहिलो खेल जितेको थियो। समूह ‘बी’ मा रहेको एनआरएनएले ३ खेलमा ५ अंक ओडेर अंक तालिकाको शीर्ष स्थानमा छ । बागमतीले ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।



    गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर पुरुष क्रिकेट भने अगाडि नै आयोजना भएको हो।

    प्रतियोगितामा ३ विभागीय, ७ प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ। सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार