Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • दीपक–दीपाको ‘छक्कापञ्जा ४’लाई कात्तिक ४ मा रिलिज गर्ने तयारी

    दीपक–दीपाको ‘छक्कापञ्जा ४’लाई कात्तिक ४ मा रिलिज गर्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । ‘छक्कापञ्जा ४’लाई आगामी तिहार छेकोमा रिलिज गर्ने तयारी भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले कात्तिक ४ गते फिल्मलाई रिलिज गर्ने तयारी भइरहेको बताए ।

    ‘छक्कापञ्जा’लाई तिहारमै ल्याउनुपर्ने दबाब समेत छ किनभने त्यसपछिको उपयुक्त मिति वैशाख वा अर्को दशैंमा हुन सक्छ । जसको कारण पनि कात्तिक ४ मै फिल्म आउन सक्ने संकेत दीपकले गरे ।



    मंसिरमा चुनाव, त्यसपछि विश्वकप फुटबल र जाडोयामका कारण पनि तिहारको बिदातर्फ दीपकको नजर सोझिएको छ । तिहारमा आठ दिन लगातार सार्वजनिक बिदा भएकाले पनि बक्स अफिसको लागि उपयुक्त हुन सक्छ ।



    आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भईरहेको ‘छक्का पञ्जा–४’लाई हेमराज बिसीले निर्देशन गरिरहेका छन् । ‘छक्का पञ्जा’का यसअघिका तीनवटै शृंखला भने दीपाश्रीले निर्देशन गरेकी थिइन् ।

    फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहनेछ ।

    दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार