Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चुनावको मुखमा स्मार्ट मिटर र भ्याली म्यापिङको ठेक्कामा कुलमानले गरे सेटिङ : करोडौंको चलेखल, अख्तियारमा उजुरी

    चुनावको मुखमा स्मार्ट मिटर र भ्याली म्यापिङको ठेक्कामा कुलमानले गरे सेटिङ : करोडौंको चलेखल, अख्तियारमा उजुरी

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिंदै जाँदा भित्रभित्रै ठूला ठेक्काहरुमा सेटिङ हुन थालेका छन् । नेकपा माओवादी केन्द्रबाट चुनाव लड्ने भन्दै प्रचार भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै योजनामा स्मार्ट मिटर र भ्याली म्यापिङको ठेक्कामा ठूलो सेटिङ भएको समाचार प्राप्त भएको छ ।

    ठेकेदार कम्पनीसँग सुटुक्क सेटिङमा बजारमा धेरै नदेखिने राइजिङ नेपालमा सूचना प्रकाशित गरी घिसिङले आइएमएस जेभीलाई काठमाडौं उपत्यकाको जीआईएस म्यापिङको ठेक्का दिलाएका हुन् ।



    प्राधिकरणले काठमाडौं उपत्यकाको जीआईएस म्यापिङका लागि गरेको बोलपत्रमा किर्ते अनुभवको प्रमाणपत्र पेश गर्ने आइएमएस जेभीलाई छनौट गरेको हो । कार्यकारी निर्देशक घिसिङ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक मनोज सिलवालले परामर्श सेवा (कन्सलटेन्सी) को क्षेत्रमा कहिल्यै काम नगरेको आइएमएसलाई छनौट गरेका छन् ।



    कन्सलटेन्सीको क्षेत्रमा कहिल्यै काम नगरेको आइएमएस जेभीले जीआईएस प्रविधिबाट नक्साको काम गरेको किर्ते प्रमाणपत्र पेश गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले छानविन गरे मात्रै पुष्टि हुने प्राधिकरणकै अधिकारी बताउँछन् ।

    काठमाडौं उपत्यकाभित्रका प्राधिकरणका पोल, ट्रान्समिटर र अन्य मिटरहरुको जिआईएस म्यापिङ गर्नुपर्ने महत्वपूर्ण कार्यमा अनुभव नै नभएको आईएमएस जेभीलाई दिने क्रममा घिसिङ र सिलवालमाथि करोडौंको डिल गरेको आरोप छ । जीआईएस म्यापिङ गरेको प्रमाणपत्र पेश गर्नुपर्नेमा घर बनाएको अनुभवको प्रमाणपत्र पेश गरेकै आधारमा प्राधिकरणले आईएमएसलाई ठेक्का दिएको छ । जबकी कम्प्लेक्स निर्माणमा जीआईएस म्यापिङको आवश्यकता नै पर्दैन । काठमाडौं भ्यालीको जीआईएस म्यापिङका लागि तीनवटा कम्पनीले बोलपत्र पेश गरेका थिए । तिमध्ये दुईवटा कम्पनी जीआईएस म्यापिङकै क्षेत्रमा काम गर्दै आएका कम्पनीहरु थिए । तर, तिनलाई अयोग्य ठहर गरी ठूलो आर्थिक चलखेलमा आईएमएस जेभीलाई मात्र छनौट गरिएको सूचना भदौ २३ गतेको राइजिङ नेपालमा छापिएको छ ।

    आगामी असोज ८ गते आर्थिक प्रस्ताव माग गरिएको छ । एउटा मात्र कम्पनी छनौट भएकाले लागत स्टिमेट अनुसारकै फुल रेटको प्रस्ताव आईएमएसले हाल्न पाउने भएको छ । जवकी प्रतिस्पर्धालाई नै सिमित गरी एउटा मात्रै कम्पनी छनौट गर्नु नियतबस भ्रष्टाचार मानिन्छ । यदि प्रतिस्पर्धा गराएको भए २६ करोड लागत स्टिमेटको यो बोलपत्रमा २० करोडमा काम हुन सक्थ्यो । तर, प्राधिकरणलाई कुलमानले ६ करोड घाटा पुर्याउने काम गरेका छन् ।

    आईएमएसले किर्ते अनुभवको प्रमाणपत्र मात्रै पेश गरेको छैन, जेभी समेत अस्तित्वमै नरहेको भारतीय कम्पनी इन्टरग्राफको नाममा बोलपत्र पेश गरेको छ । इन्टरग्राफ कन्सलटेन्सी यस अघि नै जीयोम्याट्रिक्सले खरिद गरिसकेको छ । इन्टरग्राफ नै विक्री भइसेको अवस्थामा उक्त कम्पनीको नाममा परेको टेण्डर कसरी स्वीकृत भयो ? भन्ने प्रश्न कार्यकारी निर्देशक घिसिङमाथि तेर्सिएको छ ।

    हुनत आएएमस ग्रुपसँग कुलमानको सेटिङ यसअघि पनि अर्को ठेक्कामा भइसकेको छ । करिव एक महिना अगाडि प्राधिकरणले स्मार्ट मिटरको करिव एक अर्व १० करोड बराबरको ठेक्का आईएमएसलाई दिइसकेको छ । चिनियाँ कम्पनीसँगको जेभीमा आईएमएसले उक्त ठेक्का पनि सेटिङमा नियम कानून मिचेरै पाएको प्राधिकरणका अधिकारी बताउँछन्

    स्मार्ट मिटरको ठेक्का भएको अनियमितताका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसेको छ । यसरी स्मार्ट मिटरदेखि काठमाडौं भ्यालीको जीआईएस म्यापिङको ठेक्कामा करोडौं अनियमिता गरेको आरोप घिसिङमाथि लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार