Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • केही युवाहरु सडकमा उत्रिएको देख्दा उदेक लाग्छ, राजनीतिक स्वार्थको गोटि बन्नु हुँदैन : कमल थापा

    केही युवाहरु सडकमा उत्रिएको देख्दा उदेक लाग्छ, राजनीतिक स्वार्थको गोटि बन्नु हुँदैन : कमल थापा

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 867
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले युवाहरू राजनीतिक स्वार्थको गोटी बन्न नहुने बताएका छन् ।

    सोमवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागु होस् भनी केही युवाहरू सडकमा उत्रिएका देख्दा उदेक लागेको बताए ।



    उनले लेखेका छन्,’प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ। जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ। तर,विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागुहोस् भनि केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लाग्छ। युवाहरु राजनीतिक स्वार्थको गोटि बन्नु हुँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार