Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • नेविसंघले विघटन गर्‍यो त्रिवि समिति, अर्को घोषणा नहुन्जेल वक्तव्य निकाल्न नपाइने

    नेविसंघले विघटन गर्‍यो त्रिवि समिति, अर्को घोषणा नहुन्जेल वक्तव्य निकाल्न नपाइने

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 780
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय कार्यसमितिले त्रिभुवन विश्वविद्यालयस्तरीय समिति विघटन गरेको छ ।

    नेविसंघका नाममा पछिल्ला वर्षहरुमा नकारात्मक क्रियाकलापहरु भइरहेको भन्दै केन्द्रले एक्सन लिएको हो ।



    अर्को घोषणा नहुन्जेल नेविसंघको नाममा कुनै वक्तव्य निकाल्न नपाइने, केन्द्रसँग अनिवार्य अनुमति लिनुपर्ने, कुनै निर्णय गर्नुपरे व्यक्तिगत लहडबाजीमा नभई आपसी सहमतिमा लिनुपर्ने केन्द्रको निर्णय छ ।



    त्रिवि प्रशासनमा लामो समय तालाबन्दी, प्राध्यापकहरुमाथि कुटपिटलगायत घटनाहरुमा नेविसंघका कार्यकर्ताहरु मुछिएकोबारे पनि नेविसंघ केन्द्रले चासो व्यक्त गरेको छ ।

    हेर्नुहोस् नेविसंघको विज्ञप्ति

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार