Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आन्तरिक राजस्व कार्यालय महारागन्जकी कम्प्युटर अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

    आन्तरिक राजस्व कार्यालय महारागन्जकी कम्प्युटर अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 699
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

    अख्तियारले सोमवार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । कम्प्युटर अधिकृत प्रधान गत साउन १८ गते सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेकी थिइन् ।



    सेवाग्राहीको उजुरीको आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा कम्प्युटर अधिकृत प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।



    अख्तियारले प्रधानविरुद्ध ३० हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दर्ता गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार