Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड ‘साम्बा’लाई डेंगु संक्रमण

    महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड ‘साम्बा’लाई डेंगु संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई डेंगु संक्रमण भएको छ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार साम्बालाई डेंगु लागेको आइतबार पुष्टि भएको हो।



    उनको स्वास्थ्य अवस्था सामान्य भएकाले अस्पताल भर्ना गरिएको छैन। काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपका दौरान साम्बालाई डेंगु भएपछि उनी बाँकी खेलका लागि फिट हुने शंका बढेको छ।



    समूह ‘बी’मा रहेको नेपालले आज साँझ ५:३० बजे आफ्नो अन्तिम लिग खेलमा श्रीलंकासँग खेल्दैछ।

    आजको खेल (श्रीलंकाविरुद्ध) गुमाउने उनले निको नभए बाँकी खेल पनि गुमाउने छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार