Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

    निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 690
    SHARES

    जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनको तयारीमा लाग्न बुद्धिजीवी संगठनलाई निर्देशन दिएको छ ।

    सोमबार पार्टी निकट बुद्धिजिवी परिषद्को मधेस प्रदेश प्रथम भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।



    महोत्तरीमा आधारभूत विद्यालय बनाउने उनले घोषणा गरे । शिक्षा क्षेत्रमा पछाडि पारिएको मधेस प्रदेशलाई उठाउन हरेक व्यक्तिले आफ्नो आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा उनको जोड छ ।



    मंसिर ४ गते जनहित र लोकहितको पक्षमा मतदान गर्न अनुरोध गरेका ओलीले अब एमाले सरकार नबने देश बर्बाद हुने जिकिर गरे । मधेसी पहिरनमा लामो समयपछि जनकपुरधाममा सार्वजनिक कार्यक्रममा आएका ओली मधेस विकासमा आफू केन्द्रित हुने जिकिर गरे ।

    त्यस्तै उनले पाँचदलीय गठबन्धनको सरकार राष्ट्रियताको हिसाबले गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप लगाए।

    ओलीले भने, ‘सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनमा एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ।’ ओलीले आगामी निर्वाचनले एमालेको नेतृत्वमा सरकार बन्ने र सोही सरकारले देशलाई विकास र गतिको दिशामा अगाडि बढाउने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार