Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आइएमई र एनसेलबीच सम्झौता : जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सकिने

    आइएमई र एनसेलबीच सम्झौता : जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सकिने

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 756
    SHARES

    काठमाडौँ । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ ।

    सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् ।



    आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको हो । आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य कारण डिजिटल नेपालको परिकल्पनातर्फ अघि बढ्ने आफ्नो समान संकल्प रहेको बताए ।



    कुनै पनि डिजिटल वालेट सेवा प्रदायकले मोबाइल सेवा प्रदायकसँग मिलेर आफ्ना ग्राहकहरूलाई यस्तो सेवा विस्तार गरेको यो पहिलो पटक हो । यस सहकार्यले प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्ने र नेपाली ग्राहकहरूलाई परम्परागत वित्तीय विधिबाट आधुनिक डिजिटल वित्तीय विधिहरूमा परिचालन गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार