Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

वनमन्त्री प्रदीप यादव सेनेगल प्रस्थान

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव सेनेगलका लागि प्रस्थान गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन मन्त्री यादव त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सो बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त बैठक सकेर मन्त्री यादव यही शुक्रवार स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077