Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सिट बाँडफाँट टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

    सिट बाँडफाँट टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिट बाँडफाँटको सकसमा रहेका सत्तारुढ दलहरुको बैठक आज पनि बस्दैछ। निरन्तर बैठक गरिरहेको कार्यदलसहित शीर्ष नेताहरु आज पनि छलफलमा जुट्ने भएका हुन् ।

    कार्यदलसहित शीर्ष नेतारुको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । हिजो पनि कार्यदलसहित शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो । कार्यदलका सदस्यहरुका अनुसार आधा जति सिटमा सहमति जुटिसकेको छ ।



    कार्यदलले निर्वाचन क्षेत्रअनुसार बुझाएको सिट बाँडफाँटको खाकामा एक सय हाराहारीमा सहमति जुटेको र ६५ सिटमा दाबी धेरै देखिएकाले सहमति जुट्न नसकेको सदस्यहरुको भनाइ छ।



    सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदल ठोस सहमति जुटाउन असफल भएको थियो । एक महिना लामो छलफल र विभिन्न मोडालिटी बनाएको कार्यदलले २३ भदौमा गठबन्धनका शीर्ष नेतालाई रिपोर्ट बुझाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार