Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय (सूचिसहित)

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय (सूचिसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 897
    SHARES

    काठमाडौं । सरकारले मधेश प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिएको छ । आइतवारको मन्त्रिपरिषदको बैठकले उक्त स्वीकृति दिएको सोमवार सार्वजनिक भएको निर्णयमा उल्लेख छ ।

    मन्त्रिपरिषदको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।



    बैठकले सामाजिक सुरक्षा दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, विश्व बैंकबाट प्राप्त (२७५ मिलियन डलर)करीब ३५ अर्ब रुपैयाँ सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।



    उक्त ऋण यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने उल्लेख छ । यसका साथै सरकारले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदानका रूपमा स्वीकार गर्नेसहितको १५ वटा निर्णय गरेको छ ।

    यस्ता छन् मन्त्रिपरिषद्का २६ निर्णयहरू :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार