Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सरकारले थप्यो सशस्त्रमा एआईजीको दरबन्दी

    सरकारले थप्यो सशस्त्रमा एआईजीको दरबन्दी

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 828
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा एक एआईजीको दरबन्दी थप गरेको छ । भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले एक एआइजीको दरबन्दी थप गरेको हो ।

    कार्य तथा सीमा सुरक्षा विभाग फुटाएर एकजना एआईजीको दरबन्दी थप गरिएको हो । एक एआईजी थप गरेको निर्णय अहिलेसम्म गुपचुप राखिएको छ। सशस्त्रमा दुई एआइजीको दरबन्दी भएकोमा एक थप भएसँगै तीन पुगेको छ ।



    सशस्त्रप्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन अमेरिका गएको समय त्यो दरबन्दी थपेको खुलेको छ।



    एकजना एआईजीको दरबन्दी थपिएको पत्र गृहमन्त्रालयबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय हलचोकमा पुगिसकेको बताइएको छ । थप भएको एआईजी पदमा डीआईजी वंशीधर दाहाललाई बढुवा गर्ने सरकारले तयारी गरेको छ ।

    थप गरिएको एआईजी पदमा तुरुन्तै बढुवा प्रक्रिया थाल्न पनि दबाब बढाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार