Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • लाग्यो दशैं, नयाँ नोटको जोहो शुरु

    लाग्यो दशैं, नयाँ नोटको जोहो शुरु

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 843
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका लागि नयाँ नोट वितरण शुरु गरेको छ ।

    केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिए ।



    आज कार्यालय समय शुरु भएदेखि नै सर्वसाधरणहरु बिहानैदेखि राष्ट्र बैंकमा पैसा साट्नेको लाइन लागेको उनले बताए । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । ५, १०, २० ५० १०० ५०० र १००० को नयाँ नोट साट्न पाउनेछ ।



    एक व्यक्तिले ५ देखि एक सय दरका एक एक प्याकेट गरी १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । अन्य बैंक तथा वित्तिय संस्थाले भने असोज २ गतेदेखि वितरण गर्ने नेपालको भनाइ छ ।

    यस पटकको दशैमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार