Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेपाल-भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्रमार्फत खोजिने

    नेपाल-भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्रमार्फत खोजिने

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 885
    SHARES

    काठमाडाैं । नेपाल र भारतका परराष्ट्र सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका छन् ।

    मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा सम्पन्न नेपाल–भारत विदेश मन्त्री स्तरीय बैठकमा उक्त सहमति भएको हो ।



    बैठकमा परराष्ट्र सचिव भरत राज पौड्याल र भारतीय विदेश सचिव विनय मोहन क्वात्रा सहभागी थिए ।



    ‘उनीहरुबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत सीमानाका बाँकी कामहरू पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    बैठकमा उनीहरुबीच व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनताबीचको सम्बन्धलगायतका विविध क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार