Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको ‘अग्निपथ’ भर्ती तत्काललाई फिर्ता हुन्छ : भारतीय सेनाध्यक्ष

    नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको ‘अग्निपथ’ भर्ती तत्काललाई फिर्ता हुन्छ : भारतीय सेनाध्यक्ष

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 831
    SHARES

    काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने बताएका छन् ।

    युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सेनाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । आफूहरूले चार वर्षे अग्निपथ योजनाका फाइदाबारे नेपाली पक्षलाई बताइसकेको पाण्डेले बताए।



    भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय नेपाल सरकारले आगामी निर्वाचनसम्म नगर्ने भएको छ ।



    परराष्ट्र मन्त्री नारायण खड्काले काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताएका थिए।

    यसअघि सरकारले भदौ ८ मा सरकारले अग्निपथबारे स्पष्ट पार्न भारतलाई भनेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार