Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बाबुरामलाई बालेनको जवाफ– हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि

    बाबुरामलाई बालेनको जवाफ– हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् ।

    उनले बाबुरामलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’



    डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए ।



    त्यसकै मुनि बालेनले आफ्नो जवाफ लेखेका हुन् । बालेनको जवाफमा ७ सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार