Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • काठमाडौं अहिले बालेनलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ : बाबुराम

    काठमाडौं अहिले बालेनलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ : बाबुराम

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 939
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)का पछिल्ला गतिविधि र त्यसमाथि भइरहेको प्रशंसाप्रति व्यंग्य गरेका छन् ।

    शुक्रबार बिहान बालेनले आफूलाई प्रधानममन्त्रीकाल सम्झाउने गरी फर्काएको जवाफपछि भट्टराईले यस्तो कटाक्ष गरेका हुन् ।



    उनले फेसबुकमा लेखेका छन्, ‘काठमाडौं ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुई बर्ष शासन गर्न दिएर लखेट्यो ।



    पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चार सय वर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ।’

    यसअघि भट्टराईले सामाजिक सञ्जालमै फुटपाथ व्यवसायीलाई निश्चित ठाउँ र समय तोकेर व्यापार गर्न दिनु पर्ने बताएका थिए ।

    जसप्रति प्रतिक्रिया दिँदै बालेनले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा किन नसोचेको भनेर भट्टराईप्रति प्रश्न गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार