Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जनसंख्यामा महिला धेरै, मतदातामा पुरुष

    जनसंख्यामा महिला धेरै, मतदातामा पुरुष

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 915
    SHARES

    काठमाडौं । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पुरुष मतदाताको संख्या करिब तीन लाखले बढी रहेको छ ।

    निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको मतदाता नामावली सूचीअनुसार पुरुष मतदाताको संख्या महिलाभन्दा २ लाख ९३ हजार २२७ बढी छ ।



    आयोगका अनुसार ८८ लाख ४७ हजार ५७९ महिला मतदाता र ९१ लाख ४० हजार ८०६ पुरुष मतदाता रहेका छन् । अन्यमा १८५ मतदाता रहेका छन् ।



    आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मतदान गर्न पाउने भएका छन् ।

    यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएको हो । यस्तै १०,८९१ मतदान स्थल र २२,२२६ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार