Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कञ्चनपुरका विभिन्न बस्तीमा बाढी पस्यो, वनहरा शिविरका ३० परिवार विस्थापित

    कञ्चनपुरका विभिन्न बस्तीमा बाढी पस्यो, वनहरा शिविरका ३० परिवार विस्थापित

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरका विभिन्न नदी किनारका बस्तीमा बाढी पसेको छ । शुक्रवारदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका वासिन्दा विस्थापित भएका छन् ।

    शुक्लाफाँटा नगरपालिकाको वनहरा शिविरका ३० घरका १२० जना विस्थापित भएका छन् । भूमिहीन, सुकुम्वासीहरू शिविरमा बस्दै आएका छन् ।



    बस्तीमा बाढी पसेपछि रातिदेखि नै शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना पन्त, सशस्त्र प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेका छन् ।



    यस्तै, कृष्णपुर नगरपालिका–१ दोमिल्ला, पुतलीबजार, श्रीपुर, २ नम्बर वडाको वनहरा, वाणी शिविर, ५ नम्बर वडाको बबित्रा बस्ती, गुलरिया बजार, ८ नम्बर वडाको मझगाउँ लगायत ठाउँ जलमग्न र डुबानमा परेका नगर प्रमुख हेमराज ओझाले जानकारी दिए ।

    यसैगरी बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत आसपास भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ।

    कैलालीको कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बर्दिया र कैलालीको कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार