Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यस्तो देखियो काठमाडौंमा एमालेको वाकथन [फोटोफिचर]

    यस्तो देखियो काठमाडौंमा एमालेको वाकथन [फोटोफिचर]

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ ।

    संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो । वाकथनको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् । विभिन्न पाँचवटा मुख्य चोकबाट वसन्तपुरसम्म भएको वाकाथन एमाले अध्यक्ष ओलीसहित, पत्नि राधिका शाक्य लगायतका नेताहरु उपस्थित छन् ।



    उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू भएको पदयात्रा बसन्तपुर पुगेर समापन भएको हो।



    ‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ फरक शैलीमा ‘वाकथन’कार्यक्रम गरेको हो ।

    संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेका थिए।

    तस्बिरहरु :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार