Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कञ्चनपुरमा बाढी बस्तीमा पस्दा ३०० घर डुबानमा

    कञ्चनपुरमा बाढी बस्तीमा पस्दा ३०० घर डुबानमा

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 1.1K
    SHARES

    कञ्चनपुर । शुक्रबार रातिदेखिको अविरल वर्षातका कारण कञ्चनपुरमा करिब तीन सय घर डुबानमा परेका छन् । भिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा तीन सय घर डुबानमा परेका हुन् ।

    वनहरा नदीको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका-११ को वनहरा शिविरका ३० घर र वडा नम्बर १२ का ४ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    मछेली नदीको बाढीले कृष्णपुर नगरपालिका-४ को बेलकुन्टीमा ८० घर, मोहना नदीको बाढीले कृष्णपुर नगरपालिका-५ को पवित्रा बस्तीका ७० घर डुबानमा परेका छन् ।



    दोदा नदीको बाढीले लालझाडी गाउँपालिका-३ मा १०० घर डुबानमा परेको प्रहरीको भनाई छ । बाढीमा बस्ती पसेर घर डुबानमा परेपछि प्रभावितहरुलाई अहिले विद्यालय भवनमा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार