Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बाबुरामको प्रश्न– संविधान जलायौँ भन्ने अनि मन्त्री खाँदै, पार्टी चहार्दै गर्न मिल्छ ?

    बाबुरामको प्रश्न– संविधान जलायौँ भन्ने अनि मन्त्री खाँदै, पार्टी चहार्दै गर्न मिल्छ ?

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 696
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कतिपय दलले संविधान जलायौँ भन्ने र मन्त्री पनि खाइरहने गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका छन् ।

    शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले आफूले संविधानलाई ‘आधा खाली र आधा भरि गिलासजस्तै’ भनेको स्मरण गर्दै भने, ‘कतिपय साथीहरूले संविधान जलायौँ भन्नुभएको छ ।



    त्यसो भए तपाईंहरू यहाँ (संसद्मा) किन आएको ?’ संविधान जलाएको पनि भन्ने र राजनीतिक लाभको पद पनि खाइरहन नमिल्ने भट्टराईले बताए ।

    संसद्लाई भरपूर उपयोग गर्न नसकेको भट्टराईले बताए । सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई दलीय र गुटीय आधारमा व्यवहार भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार