Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नायक प्रदीपले मागे चलचित्र विकास बोर्डका अध्यक्ष केसीको राजीनामा

    नायक प्रदीपले मागे चलचित्र विकास बोर्डका अध्यक्ष केसीको राजीनामा

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । चलचित्र प्रेमगीत-३ का नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । कात्तिक १ गतेदेखि रात्री शो बन्द गर्ने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन् ।

    विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको प्रेमगीत–३ प्रति लक्षित भएको खड्काको आरोप छ ।



    आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने– उहाँले (भुवन केसीले) राजीनामा दिंदा इज्जत बढ्छ ।



    मदिरा सेवन गर्दै हेरिने डान्सबार रातभर खुला हुने तर कफी र पपकर्न खाँदै हेरिने चलचित्र हल बन्द गर्ने निर्णय गलत भएको प्रदीपको भनाइ थियो । उनले आफूहरू पैसा कमाउनेभन्दा धेरै दर्शकले चलचित्र हेरुन् भन्ने पक्षमा रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार