Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नयाँ स्टक एक्सचेन्ज र स्टक ब्रोकरका लागि आवेदन माग

    नयाँ स्टक एक्सचेन्ज र स्टक ब्रोकरका लागि आवेदन माग

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 645
    SHARES

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकसाथ धितोपत्र बजार (स्टक एक्सचेन्ज), वस्तु विनिमय बजार -कमोडिटी एक्सचेन्ज) तथा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर र स्टक डिलर) को लाइसेन्सका लागि आवेदन माग गरेको छ ।

    बोर्डले आइतबार सूचना प्रकाशित गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर र स्टक डिलरको लाइसेन्सको लागि आवेदन माग गरेको हो । बोर्डले गत साता मात्रै धितोपत्र व्यवसायी -धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको पाँचौ संशोधन गरेको धितो ।



    बोर्डले यसपटक दलाल व्यवसायीको लाइसेन्समा कोटा नतोकी योग्य सबै आवेदकलाई लाइसेन्स दिनेगरी नियमावली संशोधन गरेको छ । नियमावली संशोधन भएर प्रथम पटक लाइसेन्स दिएपछि भने बजारको अवस्था अध्ययन गरेर हरेक ३/३ वर्षमा लाइसेन्सको आवेदन माग गर्न सकिनेछ ।



    सीमित कार्य गर्ने दलाल व्यवसायीको लागि न्युनतम चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने दलाल व्यवसायीको लागि न्युनतम चुक्ता पुँजी ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड न्युनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था नियमावलीले गरेको छ । बोर्डले स्टक ब्रोकर र स्टक डिलरको लागि सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार