Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • जसपा सांसद अमृता अग्रहरी एमालेमा प्रवेश

    जसपा सांसद अमृता अग्रहरी एमालेमा प्रवेश

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 747
    SHARES

    काठमाडौं । जसपा केन्द्रीय सदस्य एवं निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमाले प्रवेश गरेकी छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर अग्रहरि पार्टी प्रवेश गरेकी हुन् ।



    जसपामा पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट रहँदै आएकी अग्रहरिले चुनावको मुखमा एमाले रोजेकी हुन् ।



    बालकोटमा एमालेको सचिवालय बैठक चलिरहेको छ । बैठक जारी रहँदा उनलाई पार्टी प्रवेश गराइएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

    निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका प्रभावशाली नेताहरुले एमाले प्रवेश गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार