Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • डोजर लगाएर उत्खनन गरेपछि सिद्धार्थ बैंक पछाडि पनि भेटियो टुकुचा

    डोजर लगाएर उत्खनन गरेपछि सिद्धार्थ बैंक पछाडि पनि भेटियो टुकुचा

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 747
    SHARES

    काठमाडौं । गायब अवस्थमा रहेको टुकुचा खोला हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि भेटिएको छ ।

    काठमाडौं महानगरपालिकाले डोजर लगाएर उत्खनन गरेपछि गायब अवस्थमा रहेको खोला भेटिएको हो ।



    टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाउँदै आइरहेको छ ।



    बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो ।

    शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउन्डमा पनि महानगरले टुकुचा खोला उत्खनन गरेको थियो ।

    तर, उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन आजै अल्पकालीन अन्तरिम आदेश दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार