Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सभामुख सापकोटा भन्छन् – संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम् समझदारी आवश्यक छ

    सभामुख सापकोटा भन्छन् – संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम् समझदारी आवश्यक छ

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 822
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

    संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विवादलाई संवादमा रुपान्तरण गर्न, राष्ट्रिय एकता कायम गर्न र संविधानको निष्ठापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन् ।



    सभामुख सापकोटाले संविधानमा लिपिबद्ध हकअधिकार कार्यान्वयनका लागि पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा आग्रह गरेका छन् ।



    संविधान जारी भएपछि सङ्घीय संसद्, प्रतिनिधिसभाको पहिलो कार्यकाल पूरा हुने चरणमा रहेको जनाउँदै उनले भनेका छन्, “यस अवधिमा संविधान रक्षाका लागि अनेक पहल पनि भए । हामीले लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन पनि गरेका छौँ ।

    संविधानमा मूलभूत लोकतान्त्रिक मूल्यमान्यता समेटिएका छन् ।यसबीचमा भएका कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध हुँदै जाने नै छ ।”

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार