Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • संविधान दिवसको अवसरमा नेपाल प्रहरीका ६५ जना विभूषित (सूचीसहित)

    संविधान दिवसको अवसरमा नेपाल प्रहरीका ६५ जना विभूषित (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 864
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा नेपाल प्रहरीका ६५ जनालाई विभूषित गर्ने घोषणा गरेकी छन् ।

    मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा हुनेहरुमा प्रहरी हवल्दारदेखि प्रविधिक तर्फका डीआईजीसम्म छन् ।  प्राविधिक डीआईजी डा.सुन्दर प्रसाद ह्योजुसहित १० जना प्रहरीलाई सुप्रवल जनसेवाश्री प्रदान गर्ने घोषणा गरिएको छ ।



    सुप्रबल जनसेवाश्री पाउनेमा प्रहरी वरिष्ठ उपरीक्षकहरु चक्रबहादुर सिंह, भरत बहादुर बोहरा, मधुसुदन लुइँटेल, कृष्णहरि शर्मा, अर्जुन चन्द ठकुरी, सुरेन्द्र प्रसाद मैनाली, प्राविधिक तर्फ बरिष्ठ उपरिक्षकहरु डा.देउती गुरुङ, राकेश कुमार सिंह र छायाँदेवी गुरुङ छन् ।



    प्रबल जनसेवाश्री १३ जना प्रहरीलाई प्रदान गर्ने घोषणा गरिएको छ । प्रबल जनसेवाश्री पाउनेमा एसपीहरु विश्व अधिकारी, सन्तोष खड्का, दीप शम्शेर जबरा, रन्जु सिग्देल, योग बहादुर पाल छन् । डीएसपीहरु मकेन्द्र कुमार मिश्र, होम बहादुर पराजुली, तर्कराज पाण्डेय, फणीन्द्र प्रसाई, रन्जन कुमार दाहाल, इन्स्पेक्टरहरु मणिराम थापा, बबिन्द्र नेम्बाङ र सालिकराम तिमिल्सिनालाई पनि प्रवल जनसेवाश्री प्रदान गर्ने घोषणा गरिएको छ ।

    राष्ट्रदीप १५ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ । सहायक हवल्दार प्रकाश कठायत, डीएसपी कृष्ण कुमार चन्द, डीआईजी उमेश जोशी, डीएसपी बेद प्रकाश जोशी, डीएसपीहरु बसन्त कुमार शर्मा, मनोजित कुँवर र गोविन्द थापा, इन्सपेक्टरहरु शेखर जंग मल्ल, कमल वेल्बासे, दिपेन्द्र कुमार खत्री, वीरेन्द्र सिंह जोहारी, तिलक बहादुर सुनार, गजेन्द्र रावल, देवेन्द्र बहादुर शाह र केशव गौतमले राष्ट्रदीप पाउने भएका छन् ।

    नेपाल प्रताप आभूषण २१ जनालाई प्रदान गर्ने निर्णय गरिएको छ । वरिष्ठ प्रनानीहरु उपेन्द्र बहादुर बुढाथोकी, जनक कुमार गिरी, डम्बर बहादुर चन्द, प्रकाश प्रसाद थानी र दिवानी चन्दले सो पदक पाउने भएका छन् । प्रनानीहरु कमल परियार, किशोर थापा, सागर थापा, प्रदेशी राम चौधरी र रमेश कुमार खड्कालाई सो पदक दिने घोषण गरिएको छ ।

    असईहरु सचेन्द्र प्रसाद यादव, झुपलाल खड्का र चेतनाथ गिरीले पनि सो पदक पाउने भएका छन् । नेपाल प्रताप भुषण पाउने प्रहरी उपरीक्षकहरुमा श्याम कुमार महतो, अनुपम शमशेर जबरा, नवराज अधिकारी, सुरेश प्रसाद काफ्ले, भुवनेश्वर तिवारी, कमल थापा र बेद विष्ट छन् । प्राविधिक तर्फका एसपी ज्ञानेन्द्र कुमार राईलाई पनि नेपाल प्रताप आभूषण दिने घोषण गरिएको छ ।

    नेपाल प्रताप भुषण पाउनेमा बरिष्ठ हवल्दार भेष बहादुर मगर, हवल्दारहरू सपना श्रेष्ठ, हस्त बहादुर साँवत र विनोद थापा छन् । प्रहरी सहायक हवल्दार साजन लामालाई वीरता पदक दिने घोषणा गरिएको छ । हवल्दार बुद्धिराज तामाङलाई सौर्य पदक प्रदान गर्ने घोषण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार