Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • साफ च्याम्पियनसिप फाइनल : बंगलादेशविरुद्ध नेपालको सुरुवाती टिमको घोषणा

    साफ च्याम्पियनसिप फाइनल : बंगलादेशविरुद्ध नेपालको सुरुवाती टिमको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 657
    SHARES

    काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि बंगलादेशविरुद्धको नेपाली टिमको घोषणा भएको छ ।

    भारतविरुद्धकै सुरुवाती ११ मा परेका खेलाडीले बंगलादेशविरुद्ध खेल्ने भएका छन् । दशरथ रंगशालामा केहीबेरपछि खेल सुरु हुँदैछ ।



    नेपालको सुरुवाती ११ मा सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जन टिममा परेका छैनन् ।



    बंगलादेशलाई पराजित गर्दै नेपाल उपाधि जित्ने लक्ष्यमा छ । बंगलादेश पनि घरेलु टिमलाई हराउँदै उपाधि आफ्नो पोल्टामा पार्ने दाउमा छ ।

    बंगलादेशको यो दोस्रो फाइनल हो भने नेपालले यसअघि पनि चारपटक फाइनल खेलेको थियो ।

    आजको खेलपछि नेपालकी पुनम जर्घामगर, दीपा राई र इन्दिरा राईले सन्यास लिनेछन् ।

    नेपाली फुटबल टिम

    गोलकिपर: एन्जिला तुम्बापो सुब्बा
    डिफेन्डर: गीतार राना, पुनम जर्घामगर, अमृता जैशी, हिरा कुमारी भुजेल
    मिडफिल्डर:अनिता केसी, प्रिति राई, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही
    फरवार्ड: रश्मीकुमारी घिसिङ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार